सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवंम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेका नेताहरूलाई नेकपामा आउन आग्रह गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा शनिवार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नरहेको बताएका हुन् । ‘एमालेका साथीहरू तपाईँहरूको बाटो पनि यही हो ।
अर्को बाटो छैन । तपाईँहरू पनि एकताबद्ध हुनुहोस् कमरेडहरू’ उनले भने, ‘हामी एउटै कम्युनिस्ट पार्टी निर्माण गरौँ । एउटा देशमा हजार वटा सर्वहारा श्रमिक वर्गको पाटी हुँदैनन् ।’
विगतमा विभिन्न फुर्का जोडेर हिडेपनि अबको मार्गदर्शन मास्कवाद र लेलीनबाद नै रहेको उनले बताए । ‘यो पार्टीको विशेषता भनेको नेपाली विशेषताको समाजवाद हो । हामी सबै एकताबद्ध भएर अगाडि बढ्ने संकल्प गरौँ’ उनले भने, ‘उहाँहरूको महाधिवेशन हुँदै छ ।
महाधिवेशनमा भएका साथीहरूलाई म आग्रह गर्न चाहन्छु । आउनुहोस् यो मूल प्रवाहमा अगाडि बढौँ ।’
