Premier Cables
Premier Steel

विराटनगर

जेनजी आन्दोलनलाई अवमूल्यन नगरौं, नेताहरु सुध्रनै पर्छः नारायणकाजी श्रेष्ठ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर १५, २०८२  | अपराह्न ३:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कम्युनिस्ट नेता नारायणकाजी श्रेष्ठले जेन–जेड आन्दोलनलाई अवमूल्यन गर्नु नहुने बताएका छन्। उनका अनुसार नेतृत्व सुदृढीकरण र भ्रष्टाचारमुक्त समाज निर्माण जेन–जेडको महत्वपूर्ण एजेन्डा भएकाले त्यसलाई आत्मसात गर्न आवश्यक छ।

विराटनगरमा आज आयोजित पार्टीको ‘एकता सन्देश सभा’मा बोल्दै उनले निश्चित उद्देश्य प्राप्तिका लागि कम्युनिस्टहरू एक भएर नयाँ पार्टी निर्माण भएको बताए। उद्देश्य प्राप्ति नभए एकता टिकाउ नहुने जिकिर गर्दै उनले चुनौतीका बीच पनि लक्ष्य पूरा गर्नैपर्ने आवश्यकता औंल्याए।

बिज्ञापन

श्रेष्ठले पार्टी परिवर्तन र पुनर्गठनको संकल्प लिएर कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आउन खोजिरहेको उल्लेख गरे। उनका अनुसार, “एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने यो सुरुआत हो।” पार्टी एकताको उद्देश्य शक्ति हासिल गर्नु, संघर्ष र चुनावमा सफल हुनु मात्र नभई देशको भौगोलिक अखण्डता र राष्ट्रिय एकता सुदृढ गर्नु पनि हो भन्ने उनको दाबी थियो। संघीय लोकतान्त्रिक गणतन्त्र संविधानमै संस्थागत भएकाले यसको संरक्षण र सुदृढीकरण महत्वपूर्ण रहेको उनले बताए।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सत्य निरूपणको काम अनिवार्य रहेको उल्लेख गर्दै श्रेष्ठले राजनीतिक परिवर्तन ऐतिहासिक भए पनि सामाजिक–आर्थिक रूपान्तरण र विकासलाई तीव्र गति दिन अझै आवश्यक रहेको धारणा राखे। नेपाली जनताको जीवनस्तर परिवर्तन गरी नयाँ आशा दिने वातावरण तयार गर्नु आजको मुख्य आवश्यकता रहेको उनले दोहोराए।

सबै कम्युनिस्ट शक्तिहरू एकै ठाउँमा देखिनु सकारात्मक भएको बताउँदै श्रेष्ठले तोकिएको मितिमा चुनावमा जाने पक्षमा आफूहरू रहेको जानकारी दिए। उनका अनुसार, समयमै भएको निर्वाचनले संविधानको रक्षा र स्थायित्व दुवै सुनिश्चित हुन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka