Premier Cables

अन्तराष्ट्रिय

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सञ्जालमा प्रतिवन्ध

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर २४, २०८२  | बिहान १०:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा लगाइएको प्रतिवन्ध मंगलबार मध्यरातदेखि कार्यान्वयनमा आउँदैछ ।

एक वर्षअघि पारित कानुन मंगलबार स्थानीय समयअनुसार मध्यरात १२ बजेदेखि कार्यान्वयन गर्न लागिएको हो ।

विज्ञापन

यस कानुनअन्तर्गत १६ मुनिका बालबालिकालाई फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, एक्स, युट्युब, रेडिट तथा स्ट्रिमिङ प्लेटफर्म किक र ट्वीचमा प्रतिबन्ध लगाइएको छ । तर, युट्युब किड्स, गुगल क्लासरूम तथा व्हाट्सएप जस्ता मेसेजिङ एप भने प्रयोग गर्न पाउनेछन्।

अस्ट्रेलियाली सरकारले यस कदमलाई “विश्व-अग्रणी” भनेको छ। तर नयाँ कानुनलाई टेक कम्पनीहरू र स्वयं किशोरकिशोरीहरूले आलोचना गरेका छन् । यस प्रतिबन्ध कार्यान्वयन गर्ने जिम्मेवारी सामाजिक सञ्जाल कम्पनीहरूको हुनेछ भने कानुन उल्लङ्घन गरेको ठहरिएमा जरिवाना भुक्तान गर्नुपर्नेछ।

अस्ट्रेलियाली सरकारले प्रभाव पार्ने प्लेटफर्महरूको सूची आवश्यकताअनुसार अद्यावधिक गर्ने बताएको छ। यसै वर्षको शुरूमा सरकारले गरेको एक अध्ययनमा १० देखि १५ वर्षका ९६ प्रतिशत बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको पत्ता लागेको थियो । तिनीहरूमा १० मध्ये ७ जनाले हिंसात्मक, आत्महत्यालगायतका सामग्री हेरेका थिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka