Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

विराटनगरका विवेक पुरी एनआरएनए अष्ट्रेलियाको उम्मेदवार

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार १४, २०८२  | साँझ ५:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सिड्नी, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि हुने निर्वाचनमा विराटनगरका विवेक पुरीले न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य समन्वय परिषद् (एससीसी) सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

आगामी जुलाई २६ तारिखमा तय गरिएको निर्वाचनका लागि पुरीले हाल नेपाली समुदायभित्र व्यापक भेटघाट, छलफल, डिजिटल संवाद लगायतका अभियानहरूलाई तीव्र बनाएका छन्। सामाजिक उत्तरदायित्वमा सक्रिय, नेतृत्व क्षमता भएका पुरी अष्ट्रेलियास्थित विराटनगर समाजका संस्थापक अध्यक्षसमेत हुन्। उनले उक्त संस्थामार्फत एकीकृत नेपाली समुदाय निर्माणमा उल्लेखनीय भूमिका खेलेका छन्।

बिज्ञापन

उम्मेदवारी घोषणा गर्दै पुरीले भने, “समुदायले दिएको विश्वास र अवसरलाई अब सेवा र योगदानमार्फत फर्काउने समय आएको छ। नेतृत्व कुनै पद वा हैसियत होइन, सेवा र समर्पण हो।”

पुरीले आफ्नो उम्मेदवारीका प्राथमिक एजेन्डाहरू पनि सार्वजनिक गरेका छन्। जसमा अन्तर्राष्ट्रिय विद्यार्थी, पेशागत व्यक्तित्व, व्यवसायी, महिला र युवाको प्रतिनिधित्व सुनिश्चित गर्नु, विद्यार्थी तथा नयाँ आप्रवासीहरूलाई लक्षित सेवा केन्द्र स्थापना गर्नु, नेपाली भाषा, संस्कृति तथा खेलकुदको प्रवर्द्धन गर्नु, महिला सहभागिता र युवा नेतृत्व विकासमा जोड दिनु लगायतका बुँदाहरू समेटिएका छन्। साथै, संस्थागत पारदर्शिता र डिजिटल प्रणालीको आधुनिकीकरणलाई पनि उनले विशेष प्राथमिकता दिएका छन्।

यो निर्वाचनमा एनएसडब्लु राज्यमा नयाँ पुस्ताको उल्लेख्य सहभागिता देखिन थालेको छ। नेतृत्वको पुस्तान्तरण, सहभागिता र सशक्तिकरणका दृष्टिले यस पटकको निर्वाचन विशेष महत्वको रूपमा हेरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa