Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अस्ट्रेलियामा दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २२, २०८२  | अपराह्न १२:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सिड्नी । अस्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सले ज्यान गुमाएका छन्।

मेलबर्नको उत्तरी क्षेत्र क्रेगीबर्न नजिकै ह्युम हाइवेमा उनीहरू सवार कार दुर्घटनामा परेको हो। साथीहरूसँग जन्मदिन मनाएर घर फर्किने क्रममा गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

दुर्घटनाको कारण घाइते कंगारुलाई बचाउने प्रयासका क्रममा उनीहरूले गाडी रोकेपछि भएको जनाइएको छ। त्यहीबेला पछाडिबाट तीव्र गतिमा आएको अर्को गाडीले ठक्कर दिँदा अलफ्रेड अस्पतालमा कार्यरत नेपाली नर्स सरला र अरुजाको मृत्यु भएको हो।

प्रहरीका अनुसार घटनास्थलमै एक नर्सको मृत्यु भएको थियो भने अर्कीको उपचारका क्रममा अस्पतालमै प्राण गुमेकी हुन्।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको र रातिको समयमा तीव्र गतिमा गुड्ने सवारीले रोकेको गाडी देख्न नसक्दा घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka