Premier Cables

राजनीति

मोरङका दुई क्षेत्रबाट कांग्रेसद्वारा प्रतिनिधि सभा उमेदवार सिफारिस

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर २३, २०८२  | अपराह्न ३:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङका दुई निर्वाचन क्षेत्रबाट नाम सिफारिस गरेको छ।

मोरङ–१ बाट पार्टी सभापति डिगबहादुर लिम्बू, कोसी प्रदेश समितिका सह–महामन्त्री खड्ग फागो र महासमिति सदस्य दिव्या बस्नेतको नाम सिफारिस भएको क्षेत्रीय समितिले जनाएको छ। विधानअनुसार दुई पुरुष र एक महिलाको अनिवार्य सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ। समानुपातिकतर्फ सीता कार्की र इन्दु चौधरी तथा राष्ट्रिय सभातर्फ ललित अधिकारीको नाम प्रस्ताव गरिएको छ। लिम्बू यसअघि सोही क्षेत्रबाट प्रतिनिधि सभामा विजयी भइसकेका छन्।

विज्ञापन

त्यस्तै, मोरङ–३ बाट भने सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरिएको छ। डा. सुनील शर्मालाई प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा ८२ प्रतिनिधिले एकल प्रस्ताव गरेपछि दोस्रो नामको आवश्यकता नरहेको क्षेत्रीय समितिले स्पष्टीकरण दिएको छ।

खुलातर्फ गणेश कार्की र बसन्त भट्टराई, आदिवासी/जनजातितर्फ सूयर्माराज राई र रेखबहादुर तामाङ, मुस्लिम समुदायबाट अत्ताबुल मन्सुरी तथा महिलातर्फ पम्फा धिमालको नाम प्रदेश र केन्द्रमा पठाइनेगरी सिफारिस गरिएको क्षेत्रीय सभापति गणेश खड्काले बताए। राष्ट्रिय सभातर्फ लोकप्रसाद संग्रौला, केशव निरौला, योगेन्द्र प्रसाद दाहाल र कमला अधिकारीको नाम पनि सिफारिस गरिएको छ।

अन्य क्षेत्रहरूबाटका आकांक्षी तथा सम्भावित उम्मेदवारको नाम क्रमिक रूपमा सिफारिस भइरहेको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए। उनका अनुसार प्रदेश प्रतिनिधिहरूको रोहवरमा बसेर क्षेत्रीय समितिहरूले सिफारिस प्रक्रिया अघि बढाइरहेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka