Premier Cables
Premier Steel

राष्ट्रिय विराटनगर

मोरङ २ मा प्रतिनिधि सभामा उमेदवार सिफारिसमा कांग्रेसभित्र रस्साकस्सी, कसको पल्ला छ भारी ?

Calendar मंगलबार, मंसिर २३, २०८२  | अपराह्न १:२६ बजे

विराटनगर । निर्वाचन नजिकिँदै जाँदा सम्भावित उमेदवारहरुको विषयमा पनि चर्चा शुरु भएको छ । खासगरी पुराना र ठूला दलबाट प्रतिनिधि सभा निर्वाचनमा उठ्ने उमेदवारबारे चर्चा शुरु भएको हो ।

नेपाली कांग्रेसले उमेदवार सिफारिस गर्न तल्ला तहमा सर्कुलर गरेसँगै मोरङका कतिपय क्षेत्रमा नाम सिफारिस हुन थालेको छ । मोरङ ३ बाट नेपाली कांग्रेसका सुनिल शर्माको एकल नाम सिफारिस भएको छ ।

बिज्ञापन

मोरङको क्षेत्र नम्बर २मा समेत अहिले उम्मेदवार लाई लिएर माहोल तातेको छ । विशेषगरी कांग्रेसको बर्चस्व रहेको यस क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट को उम्मेदवार हुने भन्ने सर्वत्र चासो छ । यो क्षेत्रलाई कांग्रेसको आधार इलाका मान्ने गरिएको छ ।

उम्मेदवार सिफारिस गर्न सोमबार डायनियामा अवस्थित बिपी कोइराला केन्द्रमा बसेको कांग्रेस प्रतिनिधिको बैठकले कसलाई सिफारिस गर्ने टुंगो लगाउन सकेन ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागी यस क्षेत्रबाट नेपाली कांग्रेसका पाँच जना आकांक्षी देखिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा २०७४ मा यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मिनेन्द्र रिजालको नाम आगाडि देखिन्छ । उनी डा. शेखर कोइराला प्यानलबाट आफ्नो दावी प्रस्तुत गरिरहेका छन ।

त्यस्तै गगन थापा समूहबाट दाबी गर्नेको सबैभन्दा धेरै नाम देखिएको छ । २०७९को प्रदेश सभा सदस्यमा कांग्रेसबाट उम्मेदवार बनेर पराजय भोगेका बिनोद कार्कीले यसपटक प्रतिनिधि सभामा गगन लाईनबाट आफ्नो दावी प्रस्तुत गरेका छन् ।

त्यस्तै जिल्ला सभापतिमा पराजित भएका यदु बिष्ट र यसअघि प्रदेश सभा सदस्य समेत रहेका शिव नारायण सिंह समेत गनग थापा समूहबाट आफुलाइ सिफारिस गर्न लबिङ गरिरहेको स्रोतले जनाएको छ । नेपाली कांग्रेस कोशी प्रदेश सदस्य तथा संगठन विभाग प्रमुख मदन मदन संग्रौलाले समेत कृष्णप्रसाद सिटौला समूहबाट आफुलाइ सिफारिस गर्न लबिङ गरिरहेको बताइन्छ ।

केन्द्रस्तरमा राजनीति गरिरहेका र शेखर सामूहका भएकोले यस छेत्रमा डाक्टर मिनेन्द्र रिजालले नै टिकट पाउने सम्भावना रहेको कांग्रेसजनको भनाइ छ । मोरङ २ मा बाहिरबाट आएका (टुरिस्ट) भन्दा पनि स्थानीय उमेदवारलाई प्राथमिकतामा राख्न समेत दबाब छ ।

यो क्षेत्रबाट एकल सिफारिसको सम्भाना भने नरहेको बताइन्छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka