Premier Cables
Premier Steel

कोशी प्रदेश राजनीति

डा. शेखर, सुनील र विश्वप्रकाश एकल सिफारिस हुँदा, सिटौला र आङ्देम्बेलाई क्षेत्रमै तनाव

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, मंसिर २४, २०८२  | अपराह्न १२:५४ बजे

विराटनगर । प्रतिनिधिसभा चुनावका लागि कोशी प्रदेशमा कांग्रेसका क्षेत्रीय समितिहरूले नेता डा.शेखर कोइराला, डा. सुनील शर्मा र महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस गरेका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माको झापा १ बाट एकल नाम सिफारिस भएको छ । २०७९ मा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस्तै कोइरालाको पनि मोरङ ६ बाट एकल नाम सिफारिस भएको छ । यसअघि उनले एमाले नेता लालबाबु पण्डितलाई पराजित गरेका थिए । मोरङ ३ बाट सुनील शर्माको एकल नाम सिफारिस भएको छ । उनी यसअघिको चुनावमा त्यही क्षेत्रबाट निर्वाचित बनेका थिए ।

कांग्रेसका अर्का प्रभावशाली नेता कृष्ण सिटौलाको क्षेत्र झापा ३ बाट उम्मेदवारको नाम सिफारिस हुन सकेको छैन । सिटौलाको क्षेत्र झापा ३ हो । ७९ मा उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए ।

कांग्रेस झापाका सचिव कृष्ण हुमागाईँले क्षेत्र नम्बर ३ को बैठक बसे पनि सहमति हुन नसकेपछि नाम सिफारिस हुन नसकेको बताए ।

उनले भने , ‘सर्वसम्मतको प्रयासमा छौँ ।आज पनि बैठक बस्दै छ । सम्भवतः आज सिफारिस हुन्छ ।’

सह महामन्त्री भीष्मराज आङ्दम्बेको क्षेत्रबाट नरेन्द्र केरुङसहित ४ जनाको नाम सिफारिस भएको छ । सुनसरी ४ बाट यसअघि निर्वाचित ज्ञानेन्द्रबहादुर कार्की, डिल्लीबहादुर कार्की, गफार अन्सारी, अबुल अन्सारी, नवीन श्रेष्ठसमेत ५ जनाको नाम सिफारिस भएको क्षेत्रीय सभापति ऐयुव अन्सारीले बताए ।

यस्तै विजय गच्छदारको क्षेत्र सुनसरी ३ बाट पनि कसैको पनि नाम सिफारिस भएको छैन । आज बैठक बसेर टुंग्याइने सुनसरी कांग्रेसका सचिव वीरेन्द्र साहले बताए ।

मोरङमा ६ वटा क्षेत्रमध्ये क्षेत्र नम्बर ३ र ६ बाहेक अन्यमा सर्वसम्मत र बहुमतका आधारमा नाम सिफारिस गरिएको छ । मोरङका उपसभापति भक्तिनाथ माझीका अनुसार क्षेत्रीय समितिहरूले सर्वसम्मत र बहुमतका आधारमा उम्मेदवारहरूको नाम सिफारिस भएको हो ।

मोरङ १ बाट जिल्ला सभापति एवं पूर्वमन्त्री डिकबहादुर लिम्बू, कोशी प्रदेश सहमहामन्त्री खड्ग फागो र महिला नेतृ दिव्या बस्नेतको नाम सिफारिस भएको छ । लिम्बू यस क्षेत्रका निवर्तमान सांसद हुन् ।

२ बाट पूर्वमन्त्री डा। मिनेन्द्र रिजालसहित तीनजनाको नाम सिफारिस भएको छ । रिजालसँगै प्रदेशसभाका पूर्वसांसद शिवनारायण सिंह गनगाई र महिलातर्फ नारायणी पण्डितको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ४ बाट पूर्वमन्त्री महेश आचार्य, संविधानसभा सदस्य दिलीपकुमार गच्छदार, गुरुराज घिमिरे र क्षेत्रीय सभापति विनोद बस्नेत र महिलातर्फ दुर्गा कोइरालाको नाम सिफारिस गरिएको छ । ५ बाट हसन अन्सारी, राजेश गुप्ता, फुलकुमार लालवानी, फैयाज अहमद र निर्मला सुवेदीलाई सिफारिस गरिएको छ ।

झापाका ५ निर्वाचन क्षेत्रमध्ये २ र ३ बाट सिफारिस बाँकी छ । झापा ५ बाट मेदनी सिटौला, अइन्द्र केरुङ, खगेन्द्र पाण्डव अधिकारी, देवी दाहाल, मन्दिरा पौडेल र पदम पौडेलको नाम जिल्लामा पठाइएको छ । यो एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि क्षेत्र हो ।

कांग्रेसले मंगलबारसम्म उम्मेदवारको नाम जिल्ला समितिमा सिफारिस गर्ने गरी सर्कुलर पठाएको थियो । सहमति भए एकल नाम नभए बहुमतका आधारमा र त्यसमा पनि सहमति नभए आकांक्षीको नाम पठाउन भनिएको छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka