Premier Cables
Premier Steel

विराटनगर

नोबेल अस्पतालको पाँच तलाबाट खस्दा चिकित्सकको मृत्यु

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष ०६, २०८२  | बिहान ८:४८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव रहेका छन्।

प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट उनी खसेका थिए।

बिज्ञापन

गम्भीर अवस्थामा फेला परेपछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उपचारका क्रममा बिहान ७:२५ बजे उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए।

यादव सोही मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा घटनाका कारणबारे विभिन्न पक्षबाट अध्ययन भइरहेको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka