Premier Cables
Premier Steel

राष्ट्रिय

मधेश प्रदेश सभा बैठक २ बजेलाई सर्यो

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर १७, २०८२  | बिहान ११:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुर । सरोजकुमार यादवले दिउँसो २ बजे मात्र विश्वासको मत प्रक्रिया अघि बढाउने अडान राखेपछि बैठक स्थगित गरिएको हो।

प्रदेश सभा सचिवालयले बुधबार बिहान साढे ८ बजे बैठक राखी विश्वासको मत परीक्षण गर्ने तयारी गरेको थियो। तर बैठक ढिलो गर्दै सुरु गरिए पनि मुख्यमन्त्री यादव तथा एमालेका अधिकांश सांसद उपस्थित नभएपछि उपसभामुख बबिता कुमारी राउत ईशरले बैठकलाई दिउँसो २ बजेसम्मका लागि स्थगित गरिन्।

बिज्ञापन

यसैबीच, करिब साढे १० बजेसम्म पनि मुख्यमन्त्री यादव प्रदेशसभामा उपस्थित भएका थिएनन्। विपक्षी दलका सांसदहरू भने बिहानै ८:३० बजे उपस्थित भई बैठकका लागि प्रतीक्षा गरिरहेका थिए। एमालेका केही सांसद पनि त्यसैबेला सभामा आइपुगेका थिए।

मुख्यमन्त्री यादवले विश्वासको मत लिन दिउँसो २ बजे बैठक बस्नुपर्ने उल्लेख गर्दै सचिवालयलाई पत्र पठाएका थिए। तर मंगलबार साँझ बसेको सर्वदलीय बैठक तथा कार्यव्यवस्था परामर्श समितिमा दलहरूले आज बिहान ८:३० बजे बैठक बस्ने सहमति गरेका थिए। मुख्यमन्त्री यादवले उपसभामुखले दलहरूको दबाबमा आफूले सुझाएको समय नमानिएको आरोपसमेत लगाए।

उनका अनुसार विगतमा विश्वासको मत लिने प्रक्रियामा मुख्यमन्त्रीले प्रस्ताव गरेको समयमै बैठक तोकिँदै आएको थियो, तर यसपटक आफ्नाे पत्रअनुसार समय नदिई बिहानै बैठक राखिएको बताउँदै उनले असन्तुष्टि जनाए।

अन्ततः मुख्यमन्त्री यादवको मागअनुसार बैठक आज दिउँसो २ बजेसम्म स्थगित गरिएको उपसभामुख ईशरले कार्यव्यवस्था परामर्श समितिको बैठकपछि जानकारी गराइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa