Premier Cables
Premier Steel

राजनीति

डा.शशांक कोइराला भन्छन्- सभापति म, नभए शेखर दा उठ्नुहुन्छ

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर १६, २०८२  | अपराह्न २:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीको १५औँ महाधिवेशनका लागि सभापतिको उम्मेदवारीबारे नेता डा. शेखर कोइरालासँग छलफल भइरहेको खुलासा गरेका छन्।

उनका अनुसार कोइराला परिवारको आपसी सहमतिमार्फत दुई जनामध्ये एक जना मात्र सभापतिका लागि प्रतिस्पर्धा गर्ने तयारी छ।

बिज्ञापन

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफू र शेखर कोइराला दुवै नेतृत्व सम्हाल्न इच्छुक रहेको बताए। उनका शब्दमा, “सभापतिमा लड्ने कुरा गरिएको हो। शेखर दाइ पनि इच्छुक हुनुहुन्छ। अहिले कुरा भइरहेको छ—दुई जनामध्ये एक जना उठ्छौं।”

महाधिवेशनको समयसीमाबारे उनले अहिले रहेको अवधि अपर्याप्त भएको टिप्पणी गरे। महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न कम्तीमा तीन महिना लाग्ने भन्दै उनले पुसमा महाधिवेशन हुने सम्भावना न्यून भएको बताए।

उनले भने, “समय पर्याप्त छैन। पुसमा महाधिवेशन सम्भव भएन भने निर्वाचनपछि हुनेछ।” पार्टीले पुसमै महाधिवेशन गर्ने निर्णय गरे पनि अन्तिम रूपमा केही टुंगो नलागेको उनको भनाइ थियो।

महाधिवेशनका तयारीमा सबै सक्रिय हुनुपर्ने र नयाँ पुस्ता (जेन-जेड) लाई समेत समेटेर पार्टीलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa