Premier Cables
Premier Steel

राजनीति

बुढा छेउ राखेर पूर्णबहादुरको धम्की, आयोगले मान्यता नदिए आन्दोलन

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ ०२, २०८२  | अपराह्न ३:१९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले निर्वाचन आयोगले आफूहरूलाई मान्यता नदिए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगबाट प्रतिकूल निर्णय आए कांग्रेस आन्दोलनका लागि तयार रहेको स्पष्ट पारे।

पत्रकार रम्मेलनमा खड्काको दायाँबायाँ कांग्रेसका पाका र बुढा नेता बसेका थिए । आफ्नो मन्तव्य राख्ने क्रम सकिएपछि खड्काले देउवा पक्षीय नेता डा. शेखर कोइरालालाई केही कुरा भन्न आग्रह गरे । तर, भै गयो भन्दै कोइराला बोलेनन् ।

पत्रकार सम्मेलनमा खड्कासँगै विजय कुमार गच्छदार, कृष्ण सिटौला, शेखर कोइराला,सूजाता कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंह बसेका थिए ।

‘निर्वाचन आयोग गलत निर्णयतर्फ जान्छ भन्ने विश्वास त छैन, तर केही आशंका छन्,’ खड्काले भने, ‘यदि आयोगले देउवा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता नदिए हामी देशभर आन्दोलन गर्नेछौं। गाउँ–गाउँ र वडा–वडाबाट चारतारे झण्डा लिएर सडकमा उत्रिनेछौं।’

त्यस्तो अवस्था आए पार्टीको आह्वानमा देशभरका कार्यकर्ता तथा भातृ-संघसंस्थाहरूलाई आन्दोलनमा सहभागी हुन निर्देशन दिइएको उनले बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka