Premier Cables
Premier Steel

अर्थ

अब पाँच लाख रुपैयाँसम्मको नगद कारोबार अनिवार्य बैंकिङ प्रणालीबाट

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर १६, २०८२  | अपराह्न १:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले अब पाँच लाख रुपैयाँसम्मको कुनै पनि नगद कारोबार बैंकिङ प्रणालीमार्फत अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था लागू गर्न लागेको छ।

सोमबार (मंसिर १५) बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ १ गतेदेखि यो नियम कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।

बिज्ञापन

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, एकपटकमा पाँच लाख वा सोभन्दा बढी रकमका वस्तु–सेवा खरिदबिक्री वा अन्य वित्तीय कारोबार अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने छ। यसअघि १० लाख रुपैयाँसम्म नगद कारोबार गर्न पाउने प्रावधानलाई घटाएर पाँच लाखमा ल्याइएको हो।

यसअघि पनि सरकारले २०७४ साउन १ बाट १० लाखभन्दा माथिका कारोबार बैंकिङ च्यानलमै गर्नुपर्ने व्यवस्था लागू गरेको थियो। नयाँ सीमालाई कार्यान्वयन गर्न आवश्यक सूचना राजपत्रमा प्रकाशित भएपछि नियम पूर्ण रूपमा लागू हुनेछ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलका अनुसार, राजपत्रमा सूचना आएपछि राष्ट्र बैंकले थप स्पष्टिकरण जारी गर्दै कुन अवस्थामा सीमा लागू हुने वा नहुने भन्ने कुरा व्याख्या गर्नेछ। उनका अनुसार, सरकारको नयाँ निर्णयले नगद कारोबारलाई क्रमशः घटाउँदै औपचारिक तथा विद्युतीय कारोबारलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ। देशभर बैंक पहुँच विस्तार भइसकेका र डिजिटल पेमेंटका माध्यम बढ्दै गएकाले पनि नगद सीमा घटाइएको हो।

कसरी गर्नुपर्छ कारोबार?
अब सर्वसाधारणले पाँच लाख रुपैयाँभन्दा बढीको प्रत्येकपटकको भुक्तानी चेक, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएसजस्ता माध्यम प्रयोग गरेर गर्नुपर्नेछ। यो सीमा दिनभरका जम्मा कारोबारमा होइन, प्रत्येक एउटा कारोबार का लागि लागू हुने हो।

कुन अवस्थामा ‘पाँच लाखको सीमा’ लागू हुँदैन?

राष्ट्र बैंकका प्रवक्ता पौडेलले केही विशेष अवस्थामा यो सीमा अनिवार्य नहुने स्पष्ट पारेका छन्-

-बैंक वा वित्तीय संस्थामा नगद जम्मा गर्न जाँदा पाँच लाखको सीमा लागू हुँदैन।

-स्रोत देखाएर घरमा बढी रकम राख्नुपर्ने अवस्था आएमा पनि यो सीमा बाधक बन्दैन।

-विवाह, भोज, पारिवारिक वा सामाजिक कार्यक्रम जस्ता आवश्यक खर्चका लागि स्रोत प्रस्ट्याएर नगद राख्न वा चलाउन मिल्छ।

-व्यापारीहरूले दिनभरको कारोबारबाट उठेको ठूलो रकम बैंकमा बुझाउँदा यो सीमा लाग्दैन ।

-कर्जाको साँवा, ब्याज वा किस्ता तिर्ने,

-एउटा वित्तीय संस्थाले अर्को वित्तीय संस्थासँग गर्ने कारोबार मा पनि यो सीमा अनिवार्य हुने छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa