Premier Cables

राष्ट्रिय

नेपाली कांग्रेसको नियमित महाधिवेशन पुसमा

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर १५, २०८२  | अपराह्न २:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अघि सारेको प्रस्ताव सबैको सहमतिमा पार्दै संस्थापन समूहलाई मान्न तयार गराएका छन्।

अब संस्थापन टोली आगामी पुस महिनामा नियमित महाधिवेशन गर्ने कार्यतालिकामा सहमत भएको छ।

विज्ञापन

सोमबार (मंसिर १५) बिहान सानेपामा खड्काले संस्थापनका केही नेतासमक्ष उक्त प्रस्ताव राखेका थिए। तर ती नेताहरूले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता गर्नुपर्ने सर्त राखेपछि तत्काल सहमति जुट्न सकेको थिएन।

यसपछि सहमति खोज्न देउवाले केही नेताहरूलाई काठमाडौंको महाराजगन्जस्थित आफ्नो निवासमा डाकेका थिए।

भेटमा सहभागी नेता विमलेन्द्र निधिका अनुसार, “सभापतिज्यूले नै पुसमा नियमित महाधिवेशन गर्न सहमति जनाउन आग्रह गरेपछि हामीले उहाँकै विश्वास र भरोसामा प्रस्ताव स्वीकार गरेका हौँ,” उनले भने ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka