Premier Cables
Premier Steel

राजनीति

कांग्रेस महाधिवेशनमा अमृत अर्याल र भीम पराजुलीको उम्मेदवारी घोषणा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २०, २०८३  | बिहान १०:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसको आगामी महाधिवेशनलाई लक्षित गर्दै कोशी प्रदेशका दुई नेताले केन्द्रीय पदमा उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेस नेता अमृत अर्यालले सह–महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् भने विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुलीले खस–आर्य कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन्।

विज्ञापन

अर्यालले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै आफूलाई कांग्रेसजनको विश्वास रहेको बताएका छन्। उनले पार्टीलाई थप सुदृढ, गतिशील र संगठनात्मक रूपमा बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन्।

त्यस्तै, विराटनगर महानगरपालिकाका पूर्वप्रमुख पराजुलीले खस–आर्य कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। स्थानीय तहको नेतृत्व सम्हालिसकेका पराजुलीले पार्टी संगठनमा आफ्नो अनुभव र सक्रियतालाई केन्द्रीय तहमा उपयोग गर्ने बताएका छन्।

कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा विभिन्न पदमा आकांक्षी नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। अर्याल र पराजुलीको घोषणासँगै कोशी प्रदेशबाट केन्द्रीय नेतृत्वका लागि हुने प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka