Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

बिहारमा मोदी-नितिश गठबन्धनले जित्यो, अरु दलको सिट कति ?

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक २९, २०८२  | बिहान १०:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतको बिहार राज्यमा सम्पन्न प्रदेश विधानसभा निर्वाचनको २४३ वटै सिटको मतपरिणाम भारतीय निर्वाचन आयोगले सार्वजनिक गरेको छ। यसपटक पनि सत्तारूढ गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले २०२ सिट जित्दै प्रभावशाली विजय हासिल गरेको छ।

सबैभन्दा ठूलो दलका रूपमा भारतीय जनता पार्टी (भाजपा) ८९ सिटसहित उभिएको छ भने गठबन्धनका अर्का साझेदार जनता दल (युनाइटेड)ले ८५ सिट प्राप्त गरेको छ।

बिज्ञापन

विपक्षी राष्ट्रिय जनता दल (आरजेडी)ले मात्र २५ सिटमा सिमित भयो।

अन्य दलहरूको नतिजा यसप्रकार छ– लोक जनशक्ति पार्टी (रामविलास) १९ सिट, भारतीय राष्ट्रिय कांग्रेस ६, एआईएमआईएम ५, हिन्दुस्तानी अवाम मोर्चा (समाजवादी) ५, राष्ट्रिय लोक मोर्चा ४, सीपीआई (एमएल) लिबरेसन २, इन्डियन इन्क्लुसिभ पार्टी १, सीपीआई (एम) १ र बीएसपी १ सिट।

विहारमा प्राप्त विजयसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीएको ऐतिहासिक जितलाई ‘वंशवादविरुद्ध विकास–केन्द्रित राजनीतिको विजय’का रूपमा व्याख्या गरेका छन्। उनले यस सफलताले पश्चिम बंगालमा पनि भाजपाका लागि बाटो प्रशस्त गरेको दाबी गरे।

मोदीका अनुसार बिहारका मतदाताले दिएको जनादेशले ‘जंगल राज’ अब कहिल्यै नफर्किने स्पष्ट सन्देश दिएको छ। नयाँ दिल्लीस्थित भाजपा केंद्रीय कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले महिलाहरू र युवाको समर्थन नै गठबन्धनको जितको मुख्य आधार भएको बताए।

उता, कांग्रेस नेता राहुल गान्धीले भने बिहारको नतिजा ‘आश्चर्यजनक’ रहेको टिप्पणी गर्दै लोकतन्त्र संरक्षणका लागि संघर्ष जारी रहने बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले लेखे, “सुरुबाटै अनुचित रहेको चुनावमा हामी विजयी हुन सकेनौँ। यो लडाइँ संविधान र लोकतन्त्रको रक्षा लागि हो। नतिजाको गम्भीर समीक्षा हुनेछ, र हामी लोकतन्त्र बचाउन अझ प्रभावकारी रूपमा अघि बढ्नेछौँ।”

यस्तै, कांग्रेस सांसद तारिक अन्वरले चुनावअघि मतदाता प्रभावित पार्न मानिसहरूको खातामा ठूलो रकम पठाइएको आरोप लगाउँदै यसलाई लोकतन्त्रका लागि खतरनाक प्रवृत्ति भनेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa