Premier Cables
Premier Steel

विराटनगर

कालापानी-लिपुलेल-लिम्पियाधुरा नेपालको अभिन्न भूभाग हो, कुनै पनि शर्तमा पछाडी हट्दैनौ : गृहमन्त्री लेखक

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ३१, २०८२  | साँझ ५:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

कालापानी-लिपुलेल-लिम्पियाधुरा नेपालको अभिन्न भूभाग हो, कुनै पनि शर्तमा पछाडी हट्दैनौ :- गृहमन्त्री लेख

विराटनगर । नेपाल सरकारका गृहमन्त्री रमेश लेखक कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन २ दिनदेखि यहाँ छन्।

बिज्ञापन

 

बुधबार नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले कालापानी लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारे।

नेपालले २०७७ सालमा नेपालको नयाँ नक्सा सार्वजनिक गर्‍यो। यस नक्सामा कालापानी, लिपुलेक, र लिम्पियाधुरालाई समेटिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूमिको रक्षा गर्न यो कदम चालेका थिए, जसलाई देशभित्र व्यापक समर्थन प्राप्त भयो।

 

तर भारतले यो कदमको विरोध गर्दै आफ्नो नक्सामा यी क्षेत्रहरू समावेश गर्ने प्रयास जारी राख्यो।

पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले भने, “कालापानी, लिपुलेक, र लिम्पियाधुरा हाम्रो भूभाग हो। यो विषयमा नेपाल सरकारले कुनै सम्झौता गर्ने छैन। हामीले सदनबाट चुच्चे नक्सा पारित गरिसकेका छौं। यसको कार्यान्वयन पनि हुनेछ।”

पत्रकारले नेपाल सरकारले कार्यान्वयनमा ढिलाइ गरेको भन्दै प्रश्न उठाउँदा उनले स्पष्ट पारे, “भारतले त्यहाँ सडक निर्माण गरेको भन्ने तथ्यको विरुद्धमा नेपालले आवश्यक कूटनीतिक पहल गरिरहेको छ। यो भूभाग नेपालको हो र रहनेछ।”

 

कालापानी क्षेत्र ऐतिहासिक रूपमा नेपालकै भूभाग हो। तर सन् १८१५ मा भएको सुगौली सन्धिपछि भारतले यो भूभागमा आफ्नो सैन्य उपस्थिति बलियो बनाएको छ। हाल भारतले यस क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको छ र सडक निर्माण लगायतका गतिविधि पनि जारी राखेको छ।

 

नेपाली जनताले कालापानी, लिपुलेक, र लिम्पियाधुरालाई नेपालको भूभागभित्रै समेट्नुपर्ने माग गर्दै आइरहेका छन्। यो क्षेत्र नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानसँग जोडिएको छ।

 

नेपालको चुच्चे नक्सा सार्वजनिक गरेपछि यसले राष्ट्रियता र भूमिसम्बन्धी विषयमा ठूलो छलफल ल्याएको छ। तर भारतले यी क्षेत्रमा गरेको गतिविधिले समस्या थपेको छ। नेपाल सरकारले कूटनीतिक पहललाई तीव्र बनाएर राष्ट्रिय हितको रक्षा गर्नुपर्ने देखिन्छ।

यो विवादले नेपाल-भारत सम्बन्धमा चुनौती थपे पनि नेपाली जनताको अडान स्पष्ट छ—कालापानी, लिपुलेक, र लिम्पियाधुरा नेपालको अभिन्न हिस्सा हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka