Premier Cables
Premier Steel

कोशी प्रदेश

आन्दोलनपछिको पहिलो बैठक : कोशीका मुख्यमन्त्री कार्की छेउमै विवादित पर्यटन सचिव !

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज ०१, २०८२  | बिहान ८:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जेनजी आन्दोलनपछि लामो समय सार्वजनिक देखिन नसकेका कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की मंगलबार क्षतिग्रस्त मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगे। आन्दोलनपछिको पहिलो बैठक उनले प्रदेश प्रमुख सचिवसहित मन्त्रालयका सचिवहरूसँग राखे।

उक्त छलफलमा अघिल्लो कार्यकालमा विवादित बनेका पर्यटन, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सचिव विशाल घिमिरे पनि सहभागी थिए। घिमिरे यसअघि कोसी पर्यटन वर्षको खर्च पारदर्शितासम्बन्धी विवाद र अनियमिततामा तानिँदै संघीय मन्त्रालयमा सरुवा भइसकेका थिए। सार्वजनिक लेखा समितिले समेत उनलाई बोलाएर छानबिन गरेको थियो।

बिज्ञापन

तेह्रथुममा पर्यटन वर्षको उद्घाटन कार्यक्रममै अनियमितता, होटललाई खाली बिल पेस गरी ढिलो भुक्तानी, निकटका व्यक्तिलाई ठेक्का दिने र व्यक्तिगत खातामार्फत २ लाख ७६ हजार रुपैयाँ तिरेको घटनाले घिमिरेमाथि प्रश्न उठेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उनीविरुद्ध उजुरी परेको छ। सरुवा भइसके पनि मुख्यमन्त्री कार्कीले उनलाई नजिक राख्ने गरेको चर्चा रहँदै आएको छ।

मुख्यमन्त्री कार्कीले मंगलबार क्षतिग्रस्त कार्यालय निरीक्षण गर्दै आन्दोलनले ठूलो क्षति पुर्‍याएको बताए। उनले कर्मचारीलाई त्रासमुक्त भएर काममा फर्कन निर्देशन दिँदै दशैंअघि नै कार्यालय सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे। “यो घटनाले देशलाई २० वर्ष पछाडि धकेलेको छ,” उनले भने।

बैठकमा मन्त्रालयका सचिवहरूले क्षतिको विवरण प्रस्तुत गर्दै केही दिनभित्र बाँकी संरचना र स्रोत प्रयोग गरेर सेवा सुचारु गर्ने प्रतिबद्धता जनाए।

प्रदेश प्रमुख सचिव चन्द्रकला पौडेलले वस्तुस्थितिबारे जानकारी दिँदै तत्कालीन चुनौतीको चित्रण गरिन्। मुख्यमन्त्रीले असोज २ गते मन्त्रिपरिषद्को बैठक बोलाएर थप निर्णय लिने घोषणा पनि गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa