Premier Cables
Premier Steel

सम्पादकीय

युवा बलिदानको मूल्य अन्देखा नगरियोस्

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज ०१, २०८२  | अपराह्न १२:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नेपालका युवाहरूले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जेन(जी) नामक आन्दोलन आरम्भ गरेका थिए, जुन युवा शक्ति र आकांक्षाको प्रतिक थियो। तर यो आन्दोलनमा परेको न्यानो बलिदानले हामी सबैलाई गहिरो रूपमा सोच्न बाध्य बनाएको छ।

भदौ २३ गतेको गोली प्रहारबाट मात्र होइन, आन्दोलनका क्रममा भएका हिंसा, दमन र विध्वंसकारी क्रियाकलापहरूले ७२ जनाभन्दा बढीको जीवन समाप्त भयो। यो तथ्य नै हाम्रो समाज र राजनीतिक प्रणालीको कमजोरीलाई उजागर गर्दछ।

बिज्ञापन

आज सरकारले राष्ट्रिय शोक घोषणा गरी, ज्यान गुमाउनेहरूलाई सम्मान गरेको छ। यो कदम स्वागतयोग्य छ। तर यसले मात्र पुग्दैन। यो बलिदानबाट पाठ सिकेर भ्रष्टाचार र सुशासनको वास्तविक सुधारमा अघि बढ्नुपर्ने आवश्यकता छ। जेन-जीका सहिदहरू र घाइतेहरूको त्यागलाई व्यर्थ जान दिनु हुँदैन।

विशेषत: आन्दोलनमा कर्तव्यपालन गर्ने क्रममा प्राण गुमाएका प्रहरी र सुरक्षाकर्मीहरूको योगदानलाई पनि राज्यले उचित सम्मान र न्याय दिनुपर्छ। उनीहरूको बलिदानलाई भुल्नु राज्यप्रति ठूलो अन्याय हुनेछ। यदि हामीले उनीहरूको बलिदानको कदर नगरे, त्यो समाजको नैतिक पतन हो।

युवा बलिदानको इतिहास नेपाली राष्ट्रका लागि गौरवको विषय हो, तर तिनको भावनाको अवज्ञा गर्ने प्रवृत्ति हटाउनुपर्ने जिम्मेवारी पनि हामी सबैमा छ। जेन-जी आन्दोलनका सहिदहरू र उनीहरूको परिवारलाई मात्र नभई, घाइतेहरूको उपचार र पुनर्वासमा पनि सरकारले भरपुर ध्यान दिनुपर्छ।

यो समय राष्ट्रले एकताको सन्देश दिनु आवश्यक छ। हिंसाको निन्दा गर्दै, लोकतन्त्र र न्यायको पक्षमा सबैतिरबाट सहकार्य आवश्यक छ। जेन-जी आन्दोलनका युवाहरूले देखाएको स्वप्न र बलिदानलाई सही अर्थमा आत्मसात गर्दै भ्रष्टाचारमुक्त र सुशासित नेपाल निर्माण गर्न हामी सबैको भूमिका महत्वपूर्ण छ।

अन्त्यमा, हामी सबैलाई शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौं। बलिदानको इतिहासले मात्र देशको भविष्य उज्यालो हुन्छ—त्यसैले हामीले त्यो इतिहासलाई सदैव सम्मान गर्नुपर्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa