Premier Cables

कोशी प्रदेश

कोशीका तीन जेन-जी सहिदको सम्मानपूर्वक अन्त्येष्टि

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज ०१, २०८२  | राती १०:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशीका तीन जेन-जी सहिदको सम्मानपूर्वक अन्त्येष्टि गरिएको छ।

धरान उपमहानगरपालिका-५ स्थित निसानदेवी सामुदायिक वन क्षेत्रमा किरात राई समुदायको परम्परागत मुन्धुम संस्कार अनुसार उनको अन्तिम संस्कार सम्पन्न गरिएको हो।

विज्ञापन

साजनको शव मंगलबार काठमाडौंबाट धरान ल्याइएको थियो। भानुचोकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा धरानका मेयर हर्क साम्पाङले राष्ट्रिय झण्डा ओढाएर शहीद राईप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। सम्मानस्वरूप नेपाली सेनाको टोलीले सलामी पनि दिएको थियो।

धरानको आपँटार चौरीमा घर भएका राई केही समयदेखि काठमाडौंमा बसोबास गर्दै आएका थिए।

त्यसैगरी, आन्दोलनकै क्रममा धनकुटामा प्रहरीको गोली लागेर ज्यान गुमाएका छत्रमान कुथुमीको बुधबार धनकुटा, पाख्रिबास नगरपालिका–१०, चुङमाङस्थित दाङसिङ गाउँमा अन्त्येष्टि गरिएको छ।

उनको अन्तिम संस्कार किरात संस्कारअनुसार आफ्नै घरनजिकैको बारीमा गरिएको हो। अन्त्येष्टिमा उनका दुई श्रीमती रामकुमारी र मन्दिरा लगायत परिवारका सदस्य तथा आफन्तजन सहभागी थिए।

जेन–जी आन्दोलन धनकुटाका संयोजक सिरज जोशी लगायतले कुथुमीलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

संखुवासभा, सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीण कुलुङको शव सेनाले हेलिकप्टरबाट पुर्याएपछि अन्तेष्टि गरिएको छ । यसअघि विराटनगरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka