Premier Cables
Premier Steel

विराटनगर

विराटनगर महानगरको सेवा अनिश्चित, चोरिएका सामग्री फिर्ता गर्न आग्रह

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ३०, २०८२  | साँझ ४:४९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड, लुटपाट र आगजनी गर्दा विराटनगर महानगरपालिकाको मुख्य कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ। कार्यालय भवन, अधिकांश कागजात, उपकरण र सवारी साधन जलेर नष्ट भएका कारण तत्काल सेवा सञ्चालन असम्भव भएको जनाइएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालका अनुसार, उपप्रमुख शिल्पा निरला कार्कीको कार्यकक्ष बाहेक सम्पूर्ण कक्षमा क्षति पुगेको छ। “कार्यालय लगभग शून्य अवस्थामा पुगेको छ,” दुलालले जानकारी भने, “तत्काल सेवा पुनः सञ्चालन गर्न सक्ने स्थिति छैन।”

बिज्ञापन

महानगरपालिकाले एक सूचना प्रकाशित गर्दै आन्दोलनका क्रममा नगर कार्यपालिकाको कार्यालयसहित अधिकांश वडा कार्यालयहरूमा भएको क्षतिबारे जानकारी गराएको छ। अभिलेख तथा कागजात नष्ट भएकाले स्वास्थ्य, दमकल र सरसफाइबाहेकका अन्य सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ।

सवारी साधनदेखि नक्सा-कागजातसम्म सबै नष्ट
महानगरको पार्किङमा रहेका सबै सवारी साधन—डोजर, मिनि ट्रक, फोहोर बोक्ने गाडी, विद्युत मर्मतका गाडी लगायत-सबैमा आगजनी गरिएको छ। विपद् व्यवस्थापनका लागि प्रयोग हुने साधनहरू समेत जलेका छन्।

राजस्व शाखा, घरजग्गा शाखा र नक्सा फाँटमा रहेका महत्वपूर्ण कागजातहरू छानीछानी जलाइएको जनाइएको छ। “रेकर्डमा रहेका अधिकांश कागजात नष्ट भएका छन्,” दुलालले भने।

कार्यालयका फर्निचर, कर्मचारीका टेबल–कुर्सीदेखि सम्पूर्ण फाइल तथा उपकरण जलेका छन्। यस अवस्थामा महानगरपालिका कसरी सेवा पुनः सुरु गर्ने भन्ने स्पष्ट छैन।
मेयर नागेश कोइराला आन्दोलन सुरु हुनु अघि नै अष्ट्रेलिया गएका छन् र उनी अर्को साता मात्र नेपाल फर्कने जनाइएको छ।

महानगरपालिकाले सूचना जारी गर्दै कार्यालयका सामग्री तथा महत्वपूर्ण कागजातहरू चोरी वा लुटपाट भएको जनाएको छ। यदि कोहीसँग यस्ता सामग्री छन् भने महानगर कार्यालयमा बुझाउन अनुरोध गरिएको छ।
सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीका फोटो-भिडियो तथा सामाजिक सञ्जालमा देखिएका प्रमाणका आधारमा दोषी पहिचान गरी कानुनी कारबाही गरिने महानगरले जनाएको छ।

लुटपाटमा संलग्नको बारेमा सूचना दिन चाहनेले महानगरका नगर प्रहरी निरीक्षक राजन पौडेलको मोबाइल नम्बर ९८४२०५८९३६ मा सम्पर्क गर्न सक्नेछन्। जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिने महानगरले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka