Premier Cables
Premier Steel

अपराध

सुनसरीमा सय केजी गाँजा बरामद

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २८, २०८२  | साँझ ४:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले करिब एक क्विन्टल गाँजा बरामद गरेको छ।

सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले उक्त सवारीसाधनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। कल्पना राईको घरमा राखिएको उक्त सीटी सफारीमै गाँजा लोड गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार ३५ वर्षीया कल्पना राईको घरबाट प्र–१–०२–००३ ह ९०५५ नम्बरको सीटी सफारीमा लोड गरिएको ९८ किलो गाँजा बिहीबार दिउँसो बरामद गरिएको हो।

घटनासँग सम्बन्धित भन्दै प्रहरीले घरधनी कल्पना र भोजपुरको रामप्रसाद गाउँपालिका–७ का २० वर्षीय मनोज राईलाई पक्राउ गरेको छ। मनोज इटहरीमा कल्पना राईकै घरमा बस्दै आएको बताइएको छ। दुबै जनालाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा र नियन्त्रणमा लिइएको सफारी इटहरी प्रहरीले नियन्त्रणमै राखेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka