Premier Cables

समाचार

सदनमा भूमिसम्बन्धी विधेयक प्रस्तुत

नोट: यो समाचार १ वर्ष ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ३१, २०८२  | अपराह्न २:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरिएको छ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त विधेयकलाई समायानुकूल बनाउनुपर्ने भएकाले संसद्मा प्रस्तुत गरिएको बताए ।

विज्ञापन

२०२१ सालदेखि २०२८ सम्म नापी हुँदा विभिन्न कारणले नापजाँच नमिलेको वा नापीमा छुटेको स्थानमा अहिले बस्ती बसेकाले बस्ती उठाउन नसकिने र राजश्व पनि नतिरेको अवस्थामा समस्या फुकाउन विधेयकमा आवश्यक व्यवस्था गरिएको अधिकारीले बताए ।

विधेयकमा हदभित्रको जग्गा स्थानीय भू-उपयोग परिषद्‍बाट भू–उपयोग क्षेत्र वर्गीकरण हुँदा आवासीय क्षेत्र वा व्यवसायिक क्षेत्रमा वर्गीकरण भएकोमा त्यस्तो जग्गा प्रचलित कानून बमोजिम घडेरी विकास नगरी कित्ताकाट गरि बिक्री गर्न नपाउने व्यवस्था रहेको छ ।

तर, भू-उपयोग परिषद्‍बाट भू-उपयोग क्षेत्र वर्गीकरण हुनुअगावै अनुमति लिई जग्गा खरिद गरेको भए बिक्री गर्न कुनै बाधा नहुने विधेयकमा उल्लेख छ । यसअघि वैशाख १५ गतेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक सदनमा प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको थियो ।

सरकारले यसअघि पनि भूमिसम्बन्धी अध्यादेश ल्याएको थियो । सत्तारुढ दलहरूबीच सहमति जुट्न नसक्दा भूमि अध्यादेश निष्क्रिय भएको थियो ।

राष्ट्रियसभामा निर्णायक रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपाले भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकारले ५ अध्यादेशमात्र अघि बढायो । भूमि अध्यादेश निष्क्रिय बनाउन सहमत भई नियमित प्रक्रियाबाट लैजान सरकार तयार भएको थियो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka