Premier Cables
Premier Steel

शेयर बजार

नेप्सेमा सामान्य सुधार, के बजार साइडवेजमा चलेको हो ?

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक २५, २०८२  | साँझ ४:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.२१ अंकले बढेर २ हजार ५६५.१६ विन्दुमा पुगेको बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४४४.३७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको ७९ लाख ४७ हजार ५८ कित्ता सेयर ३ अर्ब ६२ करोड ६१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बिज्ञापन

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘पछिल्लो समय बजारमा जेनजी आन्दोलनपछिको राजनीतिक अन्योलताले लगानीकर्ताहरुमा ढुक्कसँग लगानी गर्ने अवस्था छैन । अहिलेको मार्केट साइडवेजमै चलिरहेको छ । अब यो भन्दा तल नजाला भन्ने आम लगानीकर्ताहरुको अपेक्षा छ । आगामी चुनावसम्म मार्केट २४८० र २६५० को रेञ्जमा रहेर साइडवेजमै चल्ने देखिन्छ ।’

साथै, चुनावअघि सेयरबजारलाई प्रभाव पार्ने खालको ब्याड न्युज आएमा बजार झनै घट्न सक्ने पौडेलको अनुमान छ । ‘चुनावसम्म बजार साइडवेजमै चल्ने देखिन्छ त्यसअघि बजारलाई प्रभाव पार्ने त्यस्ता नराम्रा समाचार आएमा बजार २४८० भन्दा तल जान सक्ने सम्भावना रहन्छ’ उनले भने, ‘अहिले लगानीकर्ताहरुलाई ढुक्कसँग लगानी गर्ने अवस्था पनि छैन । केही लगानीकर्ताहरुले थोरै नाफा बुक गरेर सेयर बेचे भने केहीले होल्ड गरेर बसेका छन् । बीचमा नयाँ लगानीकर्ताहरु बजारमा प्रवेश गरे भने बजार केही सम्हालिन सक्छ नत्र बजार साइडवेजमै छ ।’

साथै बैंक वित्तीय संस्थाहरुको रिपोर्ट पनि भनेजस्तो नआएकाले बजारलाई थप असर पारेको पौडेलले बताए ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । आज हाईड्रो समूह सर्वाधिक अर्थात ०.७७ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.०७ प्रतिशत, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, म्युचुअल फण्ड ०.२४, निर्जीवन बीमा ०.५० र व्यापार समूह ०.६९ प्रतिशतले बढे ।

अन्य समूह आज सर्वाधिक अर्थात ०.६७ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.४७ प्रतिशत, फाइनान्स ०.६१, होटल ०.३८,लगानी ०.२९ र लघुवित्त समूह ०.०५ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa