Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजार परिसूचक नेप्सेमा सुधार

Calendar बुधबार, कार्तिक १९, २०८२  | साँझ ४:५१ बजे

काठमाडौ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ ।

आज नेप्से १२.१७ अंकले बढेर २ हजार ६०७.४२ विन्दुमा कायम भएको छ । नेप्से बढेको भएपनि कारोबार रकममा भने गिरावट आएको छ ।

बिज्ञापन

बुधबार सेयरबजारमा ३१२ कम्पनीका सेयर कारोबार भएका छन् । कुल ९२ लाख १८ हजार ८१० कित्ता सेयर ४२ हजार ८७९ कारोबारबाट ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँमा किनबेच भएको छ ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये होटेल तथा टुरिजम र म्युचल फण्ड समूहका परिसूचक बाहेक अरु सबै समूहका परिसूचक सकारात्मक रहेका छन् ।

सबैभन्दा धेरै वित्त समूहको परिसूचक ३.३१ प्रतिशतले बढेको छ । यस्तै, लगानी समूहको परिसूचक ०.६६ प्रतिशत र उत्पादनशील समूहको परिसूचक ०.६३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै माविलुङ इनर्जी,उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था तथा नेपाल फाइनान्सका सेयरधनीले कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था तथा विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनी रहेका छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka