Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजारका सबै सूचक घटे

नोट: यो समाचार २ महिना अघिको हो

Calendar आइतबार, भाद्र १५, २०८२  | अपराह्न ३:५५ बजे

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंक (१.१२ प्रतिशत) घटेको छ । सेन्सिटिभ तथा फ्लोट सूचक पनि घटेका छन् ।

कारोबार सुरु भएपछि नै रातो अंकमा रहेको बजार अन्तिम समयसम्म कायम रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो दिन बिहीबार ८ अर्ब ९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६ करोडको भयो ।

बिज्ञापन

२१ कम्पनीको मूल्य बढ्दा २२८ को घट्यो भने एउटाको स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.५९ प्रतिशत घट्यो । बैंकिङ ०.८८, फाइनान्स १.३०, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर १.४७, लगानी १.०४, जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन १.०१, माइक्रोफाइनान्स १.३८, निर्जीवन बीमा १.१३, अन्य १.२४ तथा व्यापार ०.३८ प्रतिशत घटे ।

उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.७७ प्रतिशत बढ्यो । आशा लघुवित्तको ४.१६, समता लघुवित्तको २.६४ तथा मिड सोलुको १.८७ प्रतिशत मूल्य बढ्यो ।

नेपाल रिपब्लिक मिडियाको मूल्य सबैभन्दा धेरै ७.४५ प्रतिशत घट्यो । छ्याङ्दी हाइड्रोपावरको ७.०७, पिपुल्स पावरको ५.४१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, नेपाल रिपब्लिक मिडिया र पिपुल्स पावर छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka