Premier Cables
Premier Steel

राष्ट्रिय

छानबिन आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बुधबार, कार्तिक १९, २०८२  | बिहान १०:४२ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्चस्तरीय जाँचबुझ आयोगले सोधपुछका लागि बोलाएको छ।

जेनजी आन्दोलनको क्रममा लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे स्पष्टता लिन गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले उनलाई बुधबार उपस्थित हुन आग्रह गरेको हो।

कारागार प्रशासनका स्रोतका अनुसार आयोगले सोधपुछका लागि बोलाएपछि लामिछानेलाई दिउँसो १ बजे सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित गराइने तयारी गरिएको छ।

सहकारी रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै नख्खु कारागारबाट बाहिर निस्किएका थिए। तर, कारागार प्रशासनले दिएको भनिएको स्वीकृतिपत्रको प्रामाणिकतामाथि प्रश्न उठेपछि उनी पुनः कारागार फर्किएका थिए।

घटनाको अध्ययनका लागि आयोगको टोली गत सोमबार नख्खु कारागार पुगेको थियो। त्यसअघि आयोगले कारागार प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka