Premier Cables
Premier Steel

अपराध

रवि लामिछाने र छविलाल जोशीको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

Calendar बिहिबार, कार्तिक १३, २०८२  | अपराह्न १:२९ बजे

काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा सुनुवाइका लागि मिति तोकिएको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा दुवै जनाको मुद्दा सुनुवाइ हुने भएको हो ।

बिज्ञापन

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा आफ्नो हिस्साको बिगो रकम बुझाए पनि रुपन्देही जिल्ला अदालतले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो ।

जिल्ला अदालतको उक्त आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए । यसअघि उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछाने र जोशीका दुवै मुद्दा एकैसाथ हेर्ने आदेश दिएको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ । लामिछानेले उक्त बिगोमध्ये आफ्नो हिस्साको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत पेस गरेका थिए ।

जोशीले पनि सोही बराबरको बिगो रकम बापत जमानत पेश गरेका थिए । तर, दुवै जनाको हिस्सामा ठ्याक्कै कति बिगो पर्छ भन्ने स्पष्ट नभएकाले अदालतले तत्काल रिहा नगर्ने निर्णय गरेको थियो ।

हाल लामिछाने र जोशी दुबै पुर्पक्षका लागि कारागारमा छन् । लामिछानेलाई भैरहवा कारागारबाट ललितपुरको नख्खु कारागारमा सारिएको छ भने जोशी भने भैरहवा कारागारमै रहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka