Premier Cables

मौसम

कोशी प्रदेशका विभिन्न भागमा वर्षाको सम्भावना

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ १५, २०८३  | बिहान ९:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। गएरातिदेखि नै केही क्षेत्रमा वर्षा भइरहेको छ भने आगामी केही दिन मौसम बदली रहने अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक सक्रिय न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। यसका कारण देशभर मौसममा बदली भई वर्षाको सम्भावना बढेको हो।

विज्ञापन

विभागले दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ। मधेस, कोसी र वाग्मती प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षाको सम्भावना छ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा हावाहुरी चल्न सक्ने विभागले जनाएको छ। केही दिनदेखि अत्यधिक गर्मी भोगिरहेका क्षेत्रहरूमा पनि आजबाट तापक्रम घट्ने र मौसम केही शीतल हुने अपेक्षा गरिएको छ।

रातिको समयमा लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, वाग्मती, गण्डकी र कोसी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने सम्भावना विभागले औंल्याएको छ। तराई तथा पहाडी भूभागका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ।

जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार पश्चिम तराईमा केही दिनदेखि देखिएको अत्यधिक गर्मी बिहीबार रातिदेखि कम हुन थालेको छ। उनले आगामी तीनदेखि चार दिनसम्म मौसम शीतल रहने सम्भावना रहेको बताएका छन्।

त्यस्तै मौसमविद् विनोद पोखरेलले आज देशका केही भागमा भारी वर्षा हुन सक्ने बताएका छन्। उनका अनुसार बिहानपछि वर्षा केही कम भए पनि रातिको समयमा पुनः पानी पर्ने सम्भावना छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka