Premier Cables
Premier Steel

कोशी प्रदेश

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, चारजना घाइते

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक १५, २०८२  | साँझ ७:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भोजपुरको षडानन्द नगरपालिका–४ मा शनिबार भएको ट्याक्टर दुर्घटनामा दुईजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन्।

चाम्लादाङबाट दिङ्लातर्फ जाँदै गरेको काठ बोकेको प्रदेश १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा षडानन्द–४ केराबारीका २५ वर्षीय चालक आइतबहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बीका १७ वर्षीय नविन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाले जानकारी दिए।

बिज्ञापन

दुर्घटनामा १९ वर्षीया दाछिरि शेर्पा, २३ वर्षीय अम्बर तामाङ, १८ वर्षीय सागर तामाङ र १८ वर्षीया सुनिता तामाङ घाइते भएका छन्। उनीहरूको दिङ्ला नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa