






फायल फोटो
झापा । झापाको दमक नगरपालिका–७, पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
मंगलबार (भदौ ३) बिहान करिब ८ः०० बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोभी बोकेको प्र१–०२–००२ख ०९१२ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–५ का ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन् । दमक अस्पतालमा उनको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मोटरसाइकलमा सवार गौतमकी श्रीमती ४२ वर्षीया मुनाको घटनास्थलमै मृत्यु भएको प्रनाउ खड्काले बताए ।
दुर्घटनापछि ट्रक चालक तेह्रथुमको लालीगुँरास नगरपालिका–४ का २५ वर्षीय आङदावा शेर्पा, ट्रक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।