विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा सञ्चालित डिस्ट्रीक्ट ग्रान्ट परियोजना “Thirst Quench – Quenching Every Drop of Thirst with Clean Drinking Water” को उद्घाटन आज बिहान एयरपोर्ट ट्याक्सी स्ट्यान्डमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय भीम पराजुलीले गर्नुभयो। उहाँले स्वच्छ खानेपानीको पहुँच सबै नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै यस्ता परियोजनाले समुदायमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै रोटरी क्लबकी अध्यक्ष रोट. गिरिजा सारडाले यो परियोजना विशेष रूपमा एयरपोर्ट क्षेत्रमा कार्यरत कर्मचारी तथा ट्याक्सी चालकहरूलाई लक्षित गरी सञ्चालन गरिएको बताउनुभयो।
उहाँले भन्नुभयो,“यो पहल विशेष रूपमा यहाँका कर्मचारी र ट्याक्सी चालकहरूका लागि गरिएको हो, ताकि उनीहरूले यस चर्को गर्मीमा निःशुल्क रूपमा स्वच्छ र सुरक्षित पिउने पानी प्राप्त गर्न सकून्।”
कार्यक्रममा सहायक गभर्नर रोट. बिनोद अग्रवाल, एयरपोर्ट प्रमुख श्री सुभाष झा लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा रोटेरियन दीप्ति तोदी, सरिता गोल्छा, मञ्जु अग्रवाल, पूनम राठी, अनु सारडा, बृजलता तोदी र सविता धनावतको पनि उपस्थिति रहेको थियो।
यो परियोजनाले सार्वजनिक स्थलमा स्वच्छ खानेपानीको पहुँच विस्तार गर्दै समुदायमा स्वास्थ्य र स्वच्छताको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

