Premier Cables
Premier Steel

अर्थ

२८३ मेगावाट विद्युत् भारत निर्यात स्वीकृति

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १३, २०८२  | अपराह्न १:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारततर्फ २ सय ८३ मेगावाट विद्युत् निर्यातका लागि अनुमति नवीकरण स्वीकृति पाएको छ ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) ले बुधबार नेपालका आठ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यात अनुमति नवीकरण गरेको हो ।

बिज्ञापन

हाल नेपालले आन्तरिक खपतपछि बाँकी विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धात्मक दरमा बिक्री गर्दै आएको छ । साथै, द्विपक्षीय सम्झौताअनुसार हरियाणा र बिहार राज्यलाई पनि विद्युत् बिक्री भइरहेको छ ।

भारतको प्रसारण संरचना प्रयोग गरी नेपालले बंगलादेशमा पनि विद्युत् निर्यात गर्दै आएको प्राधिकरणले जनाएको छ ।

आईएक्समार्फत प्रतिस्पर्धी दरमा बिक्रीका लागि स्वीकृति प्राप्त चार आयोजनाको अनुमति नवीकरण भएको छ । ती आयोजनाबाट उत्पादित १ सय ३ मेगावाट विद्युत् बिक्री स्वीकृति म्याद सकिएपछि पुनः करिब एक वर्षका लागि मंगलबारदेखि लागू हुने गरी नवीकरण गरिएको हो ।

त्यस्तै, द्विपक्षीय सम्झौताअनुसार हरियाणा राज्यलाई बिक्री भइरहेको करिब १ सय ८० मेगावाट विद्युत्को स्वीकृति बिहीबार सकिँदै छ । प्राधिकरणले ती आयोजनाको विद्युत् पनि आईएक्समार्फत बिक्री गर्न स्वीकृति मागेको थियो, जुन भारतको केन्द्रीय विद्युत् प्राधिकरणले स्वीकृत गरेको छ ।

अब ती आयोजनाबाट उत्पादित विद्युत् शुक्रबारदेखि आईएक्समा पनि निरन्तर बिक्री गर्न सकिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले हालै भारत नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौं सभामा सहभागिता जनाउँदा भारतीय विद्युत् मन्त्री मनोहरलाल खट्टरसँग भेट गरी विद्युत् निर्यात स्वीकृति प्रक्रियालाई सरलीकृत गर्न आग्रह गरेका थिए ।

मन्त्री घिसिङले नेपालमा विद्युत् उत्पादनको सर्वोत्तम समय यही भएको बताउँदै नवीकरणका लागि पठाइएको प्रस्ताव तत्काल स्वीकृत गरिदिन पनि अनुरोध गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka