Premier Cables

कोशी प्रदेश

मोरङमा बसको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३०, २०८३  | अपराह्न १:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको बूढीगंगा-४ मा बसले ठक्कर दिँदा मोटरसाइकल चालक सशस्त्र प्रहरी बलका एक सहायक हवल्दारको मृत्यु भएको छ।

सोमबार साँझ वीरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले सडक पार गर्दै गरेको प्रदेश १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको
थियो। बसको तीव्र ठक्करबाट स्थानीय ३६ वर्षीय मोटरसाइकल चालक सुदीप खड्का गम्भीर घाइते भएका थिए।

विज्ञापन

दुर्घटनालगत्तै खड्कालाई तत्काल उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइए पनि चिकित्सकले साँझ ६:५२ बजे मृत घोषणा गरेका हुन्।

मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेका अनुसार मृतक खड्का सशस्त्र प्रहरी बल नेपाल, बीओपी स्वर्णकट्टी सप्तरीमा सहायक हवल्दार पदमा कार्यरत थिए।

दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिई प्रहरीले घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka