कानेपोखरी-रंगेली सडकमा बस र ट्रक जुध्दा ५ जना घाइते
नोट: यो समाचार २ महिना अघिको हो
बिहिबार, असोज ०९, २०८२ |
साँझ ४:३३ बजे
विराटनगर । मोरङको कानेपोखरी–रंगेली सडकखण्डमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा ५ जना यात्रु घाइते भएका छन्।
रंगेलीबाट कानेपोखरीतर्फ जाँदै गरेको को १० ख २९१२ नम्बरको यात्रुबाहक बसलाई दलेली भन्ने स्थानमा विपरीत दिशाबाट आइरहेको ना ५ ख २८६९ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको हो।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुर्घटनामा घाइते भएका ५ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते होक कुमार र सुबोध ठाकुरलाई विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका लागि पठाइएको छ।