Premier Cables
Premier Steel

मौसम

नयाँ मौसम प्रणालीले पूर्वी नेपाल बाढीको उच्च जोखिममा

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ११, २०८२  | अपराह्न २:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अरब सागरमा विकसित मौसमी प्रणालीको कारण हाल देशका विभिन्न स्थानमा भइरहेको वर्षा र हिमपात बुधबारदेखि रोकिने मौसमविद्हरूले जनाएका छन्। तर, विहीबार साँझदेखि बंगालको खाडीमा बनेको ‘मोन्था’ नामक चक्रवातको प्रभावले पुनः मौसम बिग्रिने पूर्वानुमान गरिएको छ।

मौसमविद् उज्जवल उपाध्यायका अनुसार आज रातिसम्म अरब सागरको प्रभाव कमजोर हुँदै जाने र बुधबार अधिकांश स्थानमा घाम लाग्ने सम्भावना छ। बुधबार काठमाडौंसहित धेरै ठाउँमा वर्षा नहुने र केहीबेर घाम लागेर न्यानो महसुस हुने उनले बताए ।

बिज्ञापन

तर, सोही दिन साँझदेखि बंगालको खाडीबाट विकसित मोन्था चक्रवात नेपालको दक्षिणी भूभाग हुँदै प्रवेश गर्ने सम्भावना छ। यसले पर्सा, बारा, रौतहट र सर्लाही हुँदै नेपाल प्रवेश गर्नेछ र तराईका यी जिल्ला सहित बागमती प्रदेशमा पनि तीव्र वर्षा गराउने अनुमान छ। त्रिशूलीको उत्तर र नारायणी नदीको पूर्वी भाग विहीबारको प्रणालीको इपिसेन्टर हुनेछ।

यो प्रणालीका कारण पहाडी तथा हिमाली जिल्लाहरूमा पनि भारी वर्षा र हिमपात हुने देखिएको छ। कर्णालीसम्म मध्यम असर पर्ने र कर्णालीदेखि पश्चिमतर्फ न्यून प्रभाव रहने प्रक्षेपण गरिएको छ।

बिहीबार साँझदेखि शुक्रबार मध्याह्नसम्म इलाम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, खोटाङ र झापा जिल्लाहरू उच्च जोखिममा पर्ने मौसमविद्हरूको चेतावनी छ। केही जिल्लामा २०० मिलिमिटरसम्म वर्षा हुनसक्छ। गत असोजमा आएको बाढीपहिरोले इलाममा ३९ जनाको मृत्यु भएको स्मरण गराउँदै उनले जमिन पहिल्यै कमजोर भएकाले सानो वर्षाले पनि ठूलो क्षति गर्न सक्ने चेतावनी दिएका छन्।

पदयात्रा र सडकमा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka