Premier Cables

राष्ट्रिय

जोखिमपूर्ण हिमतालबाट पानी बगाउने सरकारको योजना

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २८, २०८३  | अपराह्न ३:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । सरकारले हिमताल विस्फोटको जोखिम न्यूनीकरणका लागि उच्च जोखिममा रहेका हिमतालहरूको जलसतह नियन्त्रित रूपमा घटाउने तयारी थालेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठका अनुसार सम्भावित विपद्बाट जोगाउन वैज्ञानिक विधि तथा ब्लास्टिङ प्रविधिको प्रयोग गरी हिमतालको पानी सुरक्षित रूपमा बगाउनेबारे गृहकार्य भइरहेको छ।

विज्ञापन

“जोखिमपूर्ण हिमतालको पानी पास गरेर जोखिममुक्त बनाउनु आवश्यक छ। पूर्वतयारी सकिएपछि कुन हिमतालको जलसतह घटाउने भन्नेबारे निर्णय लिनेछौँ,” आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले भने।

यस कार्यका लागि ग्रिन क्लाइमेट फण्ड (जिसीएफ) बाट प्राप्त सहयोग परिचालन गरिनेछ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहको समन्वयमा चालु वर्षभित्रै काम अघि बढाउने मन्त्रालयको योजना छ।

इसिमोड र युएनडिपीको संयुक्त अध्ययनअनुसार नेपालका २१ वटा हिमताल जोखिमयुक्त मानिएका छन्, जसमध्ये कोशी र गण्डकी क्षेत्रका चार वटा हिमताल ‘अति उच्च जोखिम’ को सूचीमा रहेका छन्। विज्ञहरूसँगको परामर्शका आधारमा जोखिमको मात्रा मूल्याङ्कन गरी निर्णय लिइने मन्त्रालयले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka