






काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ।
बैठकमा प्रधानमन्त्री कार्कीका साथ ५ जना मन्त्रीहरू पनि सहभागी छन्।
बैठकमा विभिन्न ११ राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको छ। कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, एमालेबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी छन्।
त्यस्तै, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला बैठकमा सहभागी भएका छन्।
उक्त बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियार, र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल पनि बैठकमा उपस्थित छन्।