Premier Cables
Premier Steel

राष्ट्रिय

सादा पोसाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमा, पत्रकार विश्वमणि सुवेदी नियन्त्रणमा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक १३, २०८३  | साँझ ६:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सादा पोसाकमा खटिएको प्रहरी टोली पत्रकार नवराज मैनालीको खोजी गर्दै नयाँ पत्रिकाको कार्यालयमा पुगेको छ। नेपाल पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठानका अध्यक्ष नवराज दाहालले प्रहरी टोली कार्यालयमा प्रवेश गरी मैनालीबारे खोजी गरेको जानकारी दिएका हुन्।

यसअघि प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको थियो। सादा पोसाकमा नेपाल प्रेसको कार्यालय पुगेको प्रहरी टोलीले समाचारको स्रोत आवश्यक परेको भन्दै सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक मातृका पौडेलले बताएका छन्।

विज्ञापन

पौडेलका अनुसार प्रहरीले सुवेदीलाई नियन्त्रणमा लिनुअघि पक्राउ पुर्जी दिएको थिएन। प्रहरीले समाचारको स्रोत आवश्यक परेको बताए पनि कुन समाचारको स्रोत खोजिएको हो भन्नेबारे स्पष्ट जानकारी नदिएको उनको भनाइ छ।

“पक्राउ पुर्जी दिइएको छैन। समाचारको स्रोत चाहियो भनिएको छ, तर कुन समाचार भनेर पनि खुलाइएको छैन,” पौडेलले भने।

समाचारको स्रोतबारे स्पष्ट जानकारी माग्दासमेत प्रहरीले जवाफ नदिएको उनले बताए। घटनाबारे जानकारी गराउँदै पौडेलले आफू साइबर ब्युरो जान लागेको समेत बताएका छन्।

पत्रकारलाई खोज्दै सञ्चारमाध्यमका कार्यालयमै प्रहरी पुग्ने र समाचारको स्रोत माग्दै पत्रकारलाई नियन्त्रणमा लिने घटनाले प्रेस स्वतन्त्रता तथा पत्रकारको स्रोत संरक्षणको विषयलाई पुनः चर्चामा ल्याएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka