Premier Cables
Premier Steel

अन्य

आज धनतेरस, यस्तो छ गाथागान

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक ०१, २०८२  | अपराह्न १२:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आज धनतेरसको दिन, कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि। यस दिन देशभर धनतेरस पर्व मनाइन्छ । यो तिथिमा सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने परम्परा छ। साथै, यही दिन आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जन्मोत्सव पनि मनाइन्छ ।

सोही दिन भगवान विष्णुको पनि पूजा गर्ने चलन छ । सम्पूर्ण विश्वबासीहरु दीर्घायु र निरोगी हुन् भन्ने कामना गर्दै उनको पूजा गर्ने गरिएको हो। धार्मिक विश्वास अनुसार, यस दिन धातुका भाँडावर्तन वा सुनचाँदीका गरगहना किन्नेले लक्ष्मीको आशीर्वाद पाउँछन्।

बिज्ञापन

धनतेरसमा पूजा हुने धन्वन्तरी को हुन् ?

हिन्दू धर्म र पौराणिक कथाहरूमा भगवान धन्वन्तरीलाई आयुर्वेदका देवता, चिकित्सकहरूको संरक्षक, स्वास्थ्य, समृद्धि र दीर्घायुका प्रतीकका रूपमा मानिन्छ । उनी भगवान विष्णुको अवतार हुन् र पूर्वीय चिकित्सा विज्ञानका प्रथम आचार्य पनि मानिन्छन्।

धन्वन्तरीले देव-असुर संग्रामका बेला भगवान विष्णुको अवतारका रूपमा प्रकट भई देवताहरूको उपचार गरेका थिए। त्यसैले, उनलाई भगवान राम र श्रीकृष्णकै स्तरमा राखी पूजा गर्ने परम्परा रहिआएको छ। महाभारत, विष्णु पुराण, अग्नि पुराण र श्रीमद्भागवत महापुराणमा धन्वन्तरीको महिमा उल्लेख गरेको पाइन्छ।

धन्वन्तरीको उत्पत्ति : समुद्र मन्थनबाट

धन्वन्तरीको जन्म समुद्र मन्थनको समयमा भएको थियो, जुन देवता र असुरबीचको ऐतिहासिक घटना हो। क्षीरसागर (दूधको सागर) मा मन्दराचल पर्वतलाई मथानी र वासुकी नागलाई डोरी बनाएर समुद्र मथिँदै थियो । भगवान विष्णुले कूर्म (कछुवा) अवतार लिएर पर्वतलाई आधार दिएका थिए।

मन्थनको क्रममा अनेक दिव्य वस्तुहरू प्रकट भए । लक्ष्मीदेवी, पारिजात वृक्ष, ऐरावत हात्ती, चन्द्रमा, कौस्तुभ मणि, कामधेनु गाई, आदि। ती सबैमध्ये एक दिव्य स्वरूपमा भगवान धन्वन्तरी अमृतको कलश लिएर समुद्रबाट प्रकट भए ।

उनी चार हात भएका, तेजस्वी र सुन्दर स्वरूपका थिए । हातमा अमृत कलश, शंख, चक्र र औषधीय जडीबुटी बोकेका। यो प्रतीकले स्वास्थ्य, उपचार र अमरत्वको संकेत गर्छ।

धन्वन्तरी र आयुर्वेद

भगवान धन्वन्तरीलाई आयुर्वेदको प्रणेता र प्रथम चिकित्सक मानिन्छ । आयुर्वेद, जसको अर्थ ‘जीवनको विज्ञान’ हो, संसारको सबैभन्दा पुरानो चिकित्सा पद्धतिहरूमध्ये एक हो । उनले मानवलाई रोगमुक्त र दीर्घायु जीवनको ज्ञान दिएका थिए। धन्वन्तरीले शरीर, मन र आत्माको सन्तुलनमा आधारित चिकित्सा प्रणालीको स्थापना गरे, जसले आज पनि आयुर्वेदलाई विश्वव्यापी बनाएको छ ।

उनका शिष्यहरू चरक र सुश्रुतले क्रमशः चरक संहिता र सुश्रुत संहिता ग्रन्थ लेखे । चरकले औषधीय उपचार र जीवनशैलीमा जोड दिए भने सुश्रुतले शल्यचिकित्साको विस्तार गरे । यी दुवै ग्रन्थहरूमा धन्वन्तरीको शिक्षाको प्रभाव स्पष्ट देखिन्छ।

अमृत र धर्मप्रतिको समर्पण

समुद्र मन्थनबाट प्राप्त अमृत देवता र असुरबीच बाँडिनुपर्ने थियो, तर असुरहरूले अमृत कब्जा गर्ने प्रयास गरे । त्यस बेला भगवान विष्णुले मोहिनी रूप धारण गरी अमृत देवताहरूलाई दिए, र धन्वन्तरीले यस कार्यमा सहयोग गरे । यो प्रसङ्गले धन्वन्तरीको धर्म, न्याय र सत्यप्रतिको निष्ठा दर्शाउँछ।

उनको उत्पत्ति र कार्यहरूले उनलाई वैदिक साहित्य र भारतीय संस्कृतिमा विशेष स्थान प्रदान गरेको छ । धनवन्तरीको कथा समुद्र मन्थनसँग जोडिएको बताइन्छ । र, उनको योगदानले आयुर्वेदिक चिकित्सा पद्धति र मानव कल्याणमा ठूलो प्रभाव पारेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka