Premier Cables
Premier Steel

विराटनगर

विराट मेडिकलमा रगतको अभाव

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २९, २०८२  | अपराह्न १२:२६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा केही दिन यता रगतको अभाव देखिएको छ ।

हस्पिटलमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई रगतको अभाव देखिएको हो। तत्काल रगत चाहिने बिरामीले समेत रगत पाउन सकिरहेका छैनन्। दशैँपछी सबै समुहका रगतको अभाव रहेको विराट ब्लड बैंकका इन्चार्ज प्रबिण दाहालले जानकारी दिए। सामाजिक क्षेत्रबाट हुने रक्तदान कार्यक्रम ठप्प हुँदा विराट मेडिकलसहित विराटनगरका अन्य हस्पिटलहरुमा रगतको अभाव सिर्जना भएको हो ।

बिज्ञापन

विराटनगरमा सुविधा सम्पन्न हस्पिटलहरु भएका कारण टाढा टाढाबाट बिरामीहरु आउने हुँदा रगतको माग पनि उच्च छ । माग बढ्दा केन्द्रमा रगतको अभाव सिर्जना हुने गरेको नेपाल रेडक्रस सोसाईटी मोरङले जनाएको छ।

विराट मेडिकलमा सहज रुपमा उपलब्ध हुने पोजेटिभ समूहको रगतको समेत अभाव भएको ब्लड बैंकका इन्चार्ज प्रबिण दाहालले जानकारी दिए। रगतको अभाव भएपछि रगत दिइनु पर्ने अवस्थाका बिरामीका आफन्तहरुले बढी हैरानी व्यहोर्नु परेको छ । हस्पिटलमा चिकित्सकले रगत चढाउनु पर्छ भनेपछि उनीहरु सम्बन्धित समूह रगतको खोजीमा भौंतारिनु पर्ने अवस्था छ भने बिरामीले समयमा रगत नपाउने अवस्था भोग्नु परेको छ ।

विराट मेडिकलमा दैनिक १०० देखि १२० पिन्ट रगतको माग हुने गरेको छ। तर रक्तदान गर्नेको संख्या भने निकै कम रहेको छ। दिनमा १५ देखि २० जनाले मात्रै रक्तदान गर्ने गरेको ब्लड बैंकका इन्चार्ज प्रबिण दाहालले बताए। उनका अनुसार रगतको अभाव हुँदा दुर्घटनाका घाइते, गर्भवती, सुत्केरी, शल्यक्रिया गर्नुपर्ने बिरामी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने बिरामीहरुलाई असर परेको छ। विभिन्न संघ,संस्थालाई रक्तदान कार्यक्रम आयोजना गर्न, स्वास्थ्य अवस्थामा रहनु भएका सम्पूर्ण महानुभावहरुलाई नजिकैको रक्त केन्द्रमा गई रक्तदान गर्न अनुरोध गर्नुका साथै हस्पिटलले एउटा सुचना जारी गर्दै आफ्नो सम्पूर्ण कर्मचारीहरुले विराट ब्लड बैंकमा गई रक्तदान गर्न अनुरोध गरेको छ।

ईच्छुक महानुभावले विराट ब्लड बैंकको सम्पर्क नम्बर ९८०२७०९०८१ मा सम्पर्क गरि रक्तदान गर्न सक्नुहुने छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka