Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशको विपद् राहत कोषबाट रु ३४ लाख ५० हजार वितरण

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ३०, २०८२  | साँझ ४:३६ बजे
Hamro Biratnagar Headlines

विराटनगर ।कोशी प्रदेश सरकारले हालैको बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई राहतस्वरूप कुल रु ३४ लाख ५० हजार वितरण गरेको छ।

राहत वितरण इलाम, पाँचथर, झापा, सुनसरी, उदयपुर, खोटाङ र भोजपुर जिल्लाका पीडित परिवारहरूलाई गरिएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको विपद् शाखाका प्रमुख षडानन्द भट्टराईका अनुसार, सबैभन्दा बढी रु २१ लाख ५० हजार इलाम जिल्लामा वितरण गरिएको हो।

गत असोज १८ देखि २० गतेसम्मको लगातारको वर्षाले इलाममा भीषण बाढी र पहिरो गएको थियो, जसमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। इलामलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकिएको छ।

कुन जिल्लामा कति राहत ?

पाँचथर: रु ४ लाख ५० हजार

झापा: रु २ लाख ५० हजार

सुनसरी: रु २ लाख

उदयपुर: रु २ लाख

खोटाङ: रु १ लाख

भोजपुर: रु १ लाख

ज्यान गुमाउने व्यक्तिको परिवारलाई रु १ लाख र त्यही परिवारमा थप सदस्यको मृत्यु भएमा प्रति व्यक्ति रु ५० हजारको दरले राहत रकम वितरण गरिएको हो।

सरकारले खाद्यान्न र लत्ताकपडा राहतस्वरूप वितरण गरेको छ, जसमा चामल, दाल, तेल, नुन, बेसार, आलु, ज्याकेट, ब्लाङ्केट, म्याट्रेस आदि सामाग्री समावेश छन्।

प्रदेश सरकारले इलाममा पहिरोका कारण पूर्ण रूपमा ध्वस्त भएका घरहरू पुनर्निर्माण गर्ने घोषणा समेत गरेको छ। हाल जिल्ला प्रशासन कार्यालयमार्फत क्षतिग्रस्त घरहरूको विवरण सङ्कलन भइरहेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka