Premier Cables
Premier Steel

प्रदेश

मधेशको मुख्यमन्त्रीमा दाबी पेश, कांग्रेस-एमाले सरकार बाहिरै

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २९, २०८२  | अपराह्न २:०९ बजे
Hamro Biratnagar Headlines

विराटनगर। मधेश प्रदेशमा अब नेकपा एमाले र नेपाली कांग्रेसबाहेकका अन्य पाँच दलको गठबन्धनबाट नयाँ सरकार बन्ने भएको छ। मधेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेस गरिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर गठबन्धन तयार गरेका छन्। यस गठबन्धनको नेतृत्व लोसपाका नेता जितेन्द्र सोनार (सोनल) ले गर्ने सहमति भएको छ।

मधेश प्रदेशसभामा १०७ सांसदमध्ये सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। गठबन्धनले ५६ सांसदको समर्थन जुटाएर सरकार गठनको दाबी पेस गर्ने तयारी गरेको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मंगलबार दलहरूलाई सरकार गठनका लागि आज अपरान्ह ४ बजेसम्म समय दिँदै दाबी पेश गर्न आह्वान गरेकी थिइन्।

यसअघि मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका थिए, जसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka