Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा ३० केजी गाँजासहित सिटी सफारी बरामद, चालक फरार

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २८, २०८२  | बिहान ११:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ स्थित वडा कार्यालय नजिकैबाट लागू औषध गाँजा ३० किलोसहित सिटी सफारी गाडी बरामद गरिएको छ।

असोज २७ गते दिउँसो करिब ४:३० बजे, प्रदेश १–०२–००४ ह ८२७० नम्बरको सिटी सफारी फडानीतर्फ गइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्न खोज्दा चालक सवारी साधन छाडेर फरार भएका थिए।

बिज्ञापन

प्रहरीले उक्त सिटी सफारीको जाँच गर्दा भित्र लुकाई राखिएको अवस्थामा करिब ३० केजी प्रतिबन्धित लागू औषध गाँजा फेला पारेको हो। बरामद गरिएको गाडी र लागुऔषधलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ।

फरार चालकको पहिचान र खोजी कार्य जारी रहेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa