Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा ३० केजी गाँजासहित सिटी सफारी बरामद, चालक फरार

Calendar मंगलबार, असोज २८, २०८२  | बिहान ११:१४ बजे

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ स्थित वडा कार्यालय नजिकैबाट लागू औषध गाँजा ३० किलोसहित सिटी सफारी गाडी बरामद गरिएको छ।

असोज २७ गते दिउँसो करिब ४:३० बजे, प्रदेश १–०२–००४ ह ८२७० नम्बरको सिटी सफारी फडानीतर्फ गइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्न खोज्दा चालक सवारी साधन छाडेर फरार भएका थिए।

बिज्ञापन

प्रहरीले उक्त सिटी सफारीको जाँच गर्दा भित्र लुकाई राखिएको अवस्थामा करिब ३० केजी प्रतिबन्धित लागू औषध गाँजा फेला पारेको हो। बरामद गरिएको गाडी र लागुऔषधलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ।

फरार चालकको पहिचान र खोजी कार्य जारी रहेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka