Premier Cables
Premier Steel

अपराध

सुनसरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २४, २०८२  | बिहान ११:३२ बजे
Hamro Biratnagar Headlines

सुनसरी। सुनसरीको कोशी गाउँपालिका–१ स्थित क्षेत्रबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

असोज २३ गते साँझ ६ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारेर चेकजाँच गरेको थियो।

बिज्ञापन

जाँचका क्रममा बराहक्षेत्र नगरपालिका–१ का ३१ वर्षीय सनम श्रेष्ठ र कञ्चनपुर भीमदत्त नगरपालिका–६ की २० वर्षीया निरा चुनाराको साथबाट लुकाइछिपाई राखिएको १४ ग्राम २४ मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबैजनामाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka