Premier Cables
Premier Steel

अपराध

सुनसरीमा ब्राउन सुगरसहित एक जना युवक पक्राउ

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज २५, २०८२  | बिहान ९:३१ बजे
Hamro Biratnagar Headlines

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्क चोकबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको प्रहरी टोलीले असोज २४ गते साँझ ७ बजे चेकजाँच गर्ने क्रममा इनरुवा–४ निवासी ३३ वर्षीय कृष्ण कुमार मेहताको साथबाट १९७ ग्राम ६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।

बिज्ञापन

पक्राउ परेका मेहतामाथि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीका अनुसार, लागू औषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको छ, र यस प्रकारका अपरेसनहरू अझ कडाइका साथ अगाडि बढाइने छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka