Premier Cables
Premier Steel

समाचार

उर्लाबारीबाट खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १५, २०८२  | साँझ ७:५३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ पूर्व बस स्टेन्डबाट खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको किसनगन्ज निवासी मुनासिर अली र जन्हेरा खातुन रहेका छन्।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार विशेष सूचनाको आधारमा प्रहरीले आइतबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रञ्जन बराल र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको सई कुमार रोमेश लामिछाने नेतृत्वको संयुक्त टोलीले
उनीहरूलाई पक्राउ गरेको थियो।

बिज्ञापन

पक्राउपछिको खानतलासीमा दुवै जनाको साथबाट १०० ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

हाल उनीहरू इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा छन्। उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka