Premier Cables
Premier Steel

समाचार

कटहरीमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्कियो, चालकको मृत्यु, दुई घाइते

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २३, २०८२  | अपराह्न १२:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा बिहीबार बिहान एक मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

प्रदेश १–०४–००२ प ०४६४ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा राति करिब १ बजे आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा सवार तीनै जना घाइते भएका थिए।

बिज्ञापन

प्रहरीका अनुसार, मोटरसाइकल चालक विराटनगर–६ का ३५ वर्षीय हरिओम राजवंशीको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनीसँगै पछाडि सवार ३४ वर्षीय सन्दीप राजवंशी र ३३ वर्षीय वसन्त राजवंशी घाइते भएका छन्। दुबैलाई थप उपचारका लागि विराट नर्सिङ होममा रेफर गरिएको छ। उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार, ट्राफिक नियम उल्लंघन गर्दै तीन जना सवार भएर तीव्र गतिमा मोटरसाइकल कुदाइएकाले दुर्घटना भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka