Premier Cables
Premier Steel

विराटनगर

मेयर नागेश कोइरालाको सक्रियता: बाढी पीडितलाई राहत वितरणमा कमी हुन नदिने

नोट: यो समाचार १ महिना अघिको हो

Calendar सोमबार, असोज २०, २०८२  | अपराह्न ३:२९ बजे

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बाढीपीडितलाई राहत वितरणमा कुनै कमी हुन नदिने गरी महानगरले पूर्ण क्षमताका साथ काम गरिरहेको बताएका छन् ।

सोमबार बिहान रेडक्रस, राउण्ड टेबल, अग्रवाल सेवा समाजलगायतका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुसँगको छलफलमा मेयर कोइरालाले उद्धार र राहत वितरण कार्य निरन्तर जारी रहेको जानकारी दिए ।

बिज्ञापन

महानगरले सोमबार बिहान अग्रवाल सेवा समितिको सहयोगमा बाढीपीडितका लागि बिहानको खाना वितरण गरेको थियो । मेयर कोइरालाको पहलमा आज बेलुकाको खाना राउण्ड टेबलले उपलब्ध गराउने भएको छ ।

त्यसैगरी, रेडक्रसले त्रिपाल र ओछ्याउनका लागि म्याट्रेस उपलब्ध गराउने भएको छ ।

मेयर कोइरालाले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन समन्वय गर्दै आएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka