मेयर नागेश कोइरालाको सक्रियता: बाढी पीडितलाई राहत वितरणमा कमी हुन नदिने
नोट: यो समाचार ४ महिना अघिको हो
सोमबार, असोज २०, २०८२ |
अपराह्न ३:२९ बजे
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बाढीपीडितलाई राहत वितरणमा कुनै कमी हुन नदिने गरी महानगरले पूर्ण क्षमताका साथ काम गरिरहेको बताएका छन् ।
सोमबार बिहान रेडक्रस, राउण्ड टेबल, अग्रवाल सेवा समाजलगायतका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुसँगको छलफलमा मेयर कोइरालाले उद्धार र राहत वितरण कार्य निरन्तर जारी रहेको जानकारी दिए ।
महानगरले सोमबार बिहान अग्रवाल सेवा समितिको सहयोगमा बाढीपीडितका लागि बिहानको खाना वितरण गरेको थियो । मेयर कोइरालाको पहलमा आज बेलुकाको खाना राउण्ड टेबलले उपलब्ध गराउने भएको छ ।