नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । विराटनगरको कालीमन्दिर क्षेत्रमा लगाइएको धार्मिक ब्यानर विराटनगरको आकृति एडभरटाइजिङ/साइन हबका कर्मचारीले च्यातेर फ्याँकी दिएपछि युवाले लखेटेका छन् ।
शुक्रबार बिहान ११ बजेतिर बोलेरो जिप लिएर पुगेका कर्मचारीले भगवानका तस्बिर अंकित ब्यानर च्यातेर मिल्काएका थिए । ब्यानरमा दुर्गा र लक्ष्मी भगवानका चित्रहरु थिए ।
बिहीबार बेलुका विराटनगरका युवाहरुले स्वतःस्फूर्त रुपमा कालीमन्दिरमा वडादशैंको अवसरमा बत्ती, ब्यानर र भगवानका चित्र अंकित तुल लगाएका थिए । तर, शुक्रबार बिहान एडभरटाइजिङका कर्मचारीले ब्यानर च्यात्न थालेपछि युवा समूहले लखेटेका हुन् ।
बुलेरो भ्यानलाई भने प्रहरीको सहयोगमा युवाहरुले नै सुरक्षित स्थानमा लगिदिए ।
महागनरपालिका भर तुल, ब्यानर र विज्ञापन गर्ने ठेक्का पाएको र महानगरकै निर्देशनमा हटाइएको साइन हबका किरण गिरीले दलिल पेश गरेका छन् । उनले महानगरले नगरक्षेत्रभरिका गेट हटाउन निर्देशन दिएकोले कर्मचारी गएको गिरीले दाबी गरेका छन् । धार्मिक क्षेत्रमा गएर जथाभावी गरेको भन्दै युवा समूहले एडभरटाइजिङका कर्मचारीलाई लखेटेका थिए ।
केहीपछि नेपाल प्रहरी र महानर प्रहरीको टोली आएर समन्वय गरेको थियो । यही एडभरटाईजिङका कर्मचारीले बिहीबार मध्यरातमा ट्राफिक चोक क्षेत्रमा दुर्गा पूजा गर्न लगाइएको पण्डाल पनि मिल्काई दिएको स्थानीयले बताएका छन् । हाल आकृति एडभरटाईजिङ भने सरकारको कालोसूचीमा परेको छ । त्यसले सहरमा तुल ब्यानर लगाउने ठेक्कापट्टा गर्दै आएको थियो ।
